बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटी सुतेकै अवस्थामा मृत भेटिएका छन्।
लिस्वन– वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ।
बाँकेको खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटी सुतेकै अवस्थामा मृत भेटिएका हुन्। बिहीबार राति कामबाट आएर सुतेका उनी शुक्रबार बिहान ओछ्यानमै मृतवस्थामा भेटिएको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष रविन अधिकारीले जानकारी दिए।
साराङकोटी पोर्तीमाउस्थित एक होटेलमा कार्यरत थिए। उनी रोजगारीकै सिलसिलामा दुबई–माल्टा हुँदै आठ महिनाअघि पोर्चुगल पुगेका थिए। शव पोर्तीमाउस्थित अस्पतालको शवगृहमा राखिएको छ। परिवारको आग्रहमा शव नेपाल पठाउने तयारी भइरहेको अध्यक्ष अधिकारीले जानकारी दिए।
शव पठाउनका लागि पोर्चुगलमा रहेका नेपाली समुदायबाट आर्थिक संकलन शुरू गरिएको अधिकारीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
