रास्वपा उपसभापति एवं सांसद डोलप्रसाद अर्यालले असार १ गते भारतीय प्राविधिकको टोलीले एकतर्फी रूपमा सीमाको भूमि नापजाँच गर्दा नेपालका सुरक्षाकर्मीले सुइँकोसमेत नपाएको भन्दै आपत्ति जनाएका छन्।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवं सांसद डोलप्रसाद अर्यालले भारतीय पक्षले नेपालको कञ्चनपुरस्थित भुजेला, गड्डाचौकी हुँदै सुकासालसम्मको भूमि नापजाँच गरेको भन्दै त्यसको सत्यतथ्य छानबिन गर्न नेपाल सरकारसँग माग गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले असार १ गते भारतीय प्राविधिकको टोलीले एकतर्फी रूपमा सीमाको भूमि नापजाँच गर्दा पनि नेपालका सुरक्षाकर्मीले सुइँकोसमेत नपाएको भन्दै आपत्तिसमेत जनाए।
“सर्भेका सामानसहित आएका ती (भारतीय) प्राविधिकहरू नेपाल प्रवेश गर्दा पनि सिमानामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले भने सुइँकोसमेत पाएनन्। के उनीहरूलाई जागिर खानका लागि मात्र सीमामा खटाइएको हो? सम्माननीय सभामुखमार्फत म सरकारलाई प्रश्न सोध्न चाहन्छु।”
उपसभापति अर्यालले नेपालको भूमि भारतीय पक्षले एकतर्फी रूपमा नापजाँच गर्ने काम सामान्य र स्वाभाविक नभएको उल्लेख गर्दै त्यसबारे तथ्य पत्ता लगाउन नेपाल सरकारले ढिलाइ गर्न नहुने बताए।
“नेपाली पक्षसँग समन्वय नै नगरी एकतर्फी रूपमा धमाधम नापजाँच गर्नुलाई सामान्य र स्वाभाविक मान्न सकिँदैन। त्यसैले त्यसको सत्यतथ्य छानबिनका लागि म सम्माननीय सभामुखमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु,” उनले भने।
उपसभापति अर्यालले सीमा क्षेत्रमा खटाइएका सुरक्षाकर्मीलाई उचित तरिकाले परिचालन गर्न पनि सरकारलाई सचेत गराए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
