नेपाल भलिबल संघको सोमबार बसेको कार्यकारिणी बैठकले श्रेष्ठलाई कप्तान नियुक्त गरेको छ।
काठमाडौँ– राष्ट्रिय भलिबल टिमको कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त भएका छन्।
नेपाल भलिबल संघको सोमबार बसेको कार्यकारिणी बैठकले श्रेष्ठलाई कप्तान नियुक्त गरेको हो।
विभागीय टोली त्रिभुवन आर्मीबाट खेल्दै आएका श्रेष्ठ पुरुष भलिबल टोलीको ११औँ कप्तान बनेका हुन्। असोजमा हुने एशियन गेम्समा नेपालले श्रेष्ठको कप्तानीमा खेल्नेछ।
सन् २०१५ मा राष्ट्रिय टिम डेब्यु गरेका श्रेष्ठले नेपालले खेलेको पाँच वटै सेन्ट्रल जोन भलिबल र काभा नेसन्स लिग खेलेका छन्। सन् २०१७ मा मालदिभ्समा भएको सेन्ट्रल जोनमा नेपाल तेस्रो हुँदा उनले वेस्ट आउटसाइड सेकेन्ड अट्याकरको अवार्ड जितेका थिए।
यसअघि उनले आर्मीको पनि कप्तानी गरिसकेका छन्। कर्तव्यबाट विमुख भएको भन्दै यसअघिका कप्तान हरिहजुर थापालाई संघले बर्खास्त गरेको थियो।
सातौँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगका क्रममा गतसाता उनी विवादमा मुछिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
