विश्व अर्थतन्त्रमा सूचना प्रविधिले सिर्जना गरेको अवसरसँग जोडिन सके नेपाललाई ठूलो लाभ पुग्ने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको भनाइ छ।
काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सूचना प्रविधि नेपालमा विदेशी मुद्रा आर्जनको प्राथमिक क्षेत्र हुनसक्ने बताएका छन्।
सोमबार सर्वाङ्गीण विकास अध्ययन संस्था (आईआईडीएस)ले आयोजना गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले पछिल्लो समय नेपालमा इकमर्स, डिजिटल कारोबार वृद्धि हुँदै गएकाले सूचना प्रविधि विदेश मुद्रा आर्जनको माध्यम बन्न सक्ने औँल्याएका हुन्।
उनले सूचना प्रविधिको विकास र विश्व अर्थतन्त्रमा सूचना प्रविधिले सिर्जना गरेको लाभसँग नेपाल जोडिन सके ठूलो लाभ लिन सक्ने सम्भावना रहेको बताए। उनले नेपालमा फिनटेक कम्पनी, अनलाइन व्यापार, कमर्सियल अनलाइन भुक्तानी र अनलाइन रेमिट्यान्स लगायतमा अनलाइन सेवा बिस्तार भइरहेको बताए। उनले नेपाल राष्ट्र बैंकले डिजिटल करेन्सीलाई सन् २०२६ सम्ममा मान्यता दिने गरी योजना बनाएर काम गरिरहेको उल्लेख गरे।
गभर्नर अधिकारीले मुलुकको जीडीपीमा सूचना प्रविधिको क्षेत्रले २ प्रतिशत योगदान पुर्याएको बताए। उनले नेपालका लागि रोजगारी सिर्जनाको विषय मात्र नभएर सूचना प्रविधिको सेवा निर्यातबाट विदेशी मुद्रा आर्जनको भरपर्दो स्रोतका रूपमा विकास हुने सम्भावना देखिएको उल्लेख गरे।
गभर्नर अधिकारीले सरकार आफैँले सूचना प्रविधिको क्षेत्रलाई प्राथमिकता दिएरकाले आन्तरिक बजार लक्षित गतिविधि बढ्दै बताए। उनले नेपाल राष्ट्र बैंकले सूचना प्रविधिको क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको दाबी गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
