महिला क्रिकेट टिमको सल्लाहकार प्रशिक्षकमा पल्सीकार नियुक्त

पूर्वभारतीय खेलाडी पल्सीकार भारतीय र बंगलादेश महिला क्रिकेट टोलीको सहायक प्रशिक्षक भइसकेकी छन्। 

काठमाडौँ– नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको सल्लाहकार प्रशिक्षकमा देवीका दिलीप पल्सीकार नियुक्त भएकी छन्।

प्रशिक्षणको १० वर्षभन्दा लामो अनुभव भएकी पल्सीकारलाई विश्वकप छनोट तयारीका लागि नियुक्त गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

पूर्वभारतीय खेलाडी उनी भारतीय र बंगलादेश महिला क्रिकेट टोलीको सहायक प्रशिक्षक भइसकेकी छन्।