कागबेनीभन्दा माथि झोङमा पहिरो गएर खोला थुनिएको थियो। थुनिएको खोला अचानक खुल्दा बाढी आएको हो। कागखोला कागबेनी हुँदै बग्छ। कागबेनीका घरहरूमा लेदो पसेको छ।
म्याग्दी- मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढीले १० घरसहित प्रहरी चौकी र पुल बगाएको छ।
गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति पुर्याएको हो। बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले बाढीले १० घर/होटल, प्रहरी चौक, जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मान्छे हिँड्ने पुल, दुई गाडी र तीन वटा विद्युतका पोल बगाएको बताए।
“कागबेनीभन्दा माथिको खोला थुनिएर बाढी आएको सूचना पाएपछि घर खाली गराएकाले मानवीय क्षति हुन पाएन,” उनले भने, “बाढीले कागबेनीको धर्मशाला पुरिएको छ। बस्तीभित्र बाढी पसेर हिलाम्मे बनेको छ।”

मुक्तिनाथबाट बगेर आउने कागखोला कागबेनीको बीचभागमा छ। त्यहाँभन्दा माथि झोङमा पहिरो गएर खोला थुनिएको थियो। खोला अचानक खुल्दा बाढी आउन थालेपछि स्थानीय घर छाडेर हिँडेको र कतिपयलाई उद्धार गरिएको गाउँपालिका अध्यक्ष गुरुङले बताए। बाढीले मुक्तिनाथ मन्दिर क्षेत्रमा पनि क्षति पुगेको छ।
प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा जनप्रतिनिधिहरू उद्धारमा खटिएका छन्। पाण्डाखोलाको बाढीले सुरक्षाकर्मीलाई जोमसोमदेखि कागबेनी पुग्न समस्या भएको छ। कागबेनी हुँदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध छ।
विद्युत् पोल ढलेकाले विद्युत् आपूर्ति पनि बन्द भएको छ। बर्सातका कारण मुस्ताङका अन्य खोलामा पनि बाढीको सतह बढेको छ।
दुई दिनदेखि मुस्ताङमा लगातार पानी परिरहेको छ। मुस्ताङको जोमसोम विमानस्थलस्थित मौसम मापन केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा २५.८ मिलिमिटर वर्षा मापन गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
