बाँसबारी प्रकरणमा पक्राउ परेकाको अनुसन्धान मंगलबारसम्म सक्न अदालतको आदेश- ‘नत्र हाजिरी जमानीमा छाड्नू’
बाँसबारीको जग्गा प्रकरणमा पक्राउ परेका उद्योगी–व्यवसायी अरुण चौधरीसहित तीनै जनाको अनुसन्धान मंगलबारसम्म सक्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ।
काठमाडौँ– बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनै जनाको अनुसन्धान मंगलबारसम्म सक्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ।
म्याद थपका लागि सोमबार भएको बहसपछि जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले सोमबारदेखि लागू हुने गरी दुई दिनभित्रमा अनुसन्धान सक्न प्रहरीलाई आदेश दिएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले म्याद थपका लागि पक्राउ परेका तीनै जनालाई सोमबार अदालतमा उपस्थित गराएको थियो। यसअघि अदालतले उनीहरूलाई चार दिन न्यायिक हिरासनमा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो।
सोमबार जिल्ला न्यायाधीश आचार्यको इजलासले दुई दिनभित्र अनुसन्धान सक्न आदेश दिएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए। इजलासको आदेशअनुसार सीआईबीले मंगलबारसम्म अनुसन्धान सकेर सरकारी वकिल कार्यालय, काठमाडौँमा प्रतिवेदन पेस गर्नुपर्ने छ। र, सरकारी वकिल कार्यालयले बुधबार मुद्दा दायर गरिसक्नुपर्ने छ।
उनका अनुसार इजलासले बयान सम्पन्न भएको या अन्य बुझ्नुपर्ने काम मंगलबारसम्म सक्न भनेको हो। यदि, मंगलबारसम्म अनुसन्धान नसकिए हिरासतमा रहेका तीनै जनालाई हाजिरी जमानीमा छाडेर अनुसन्धान सक्न आदेश भएको छ।
सोमबार म्याद थपका लागि भएको बहसका क्रममा सरकारी वकिलहरूले हिरासतमै राखेर अनुसन्धान गर्नुपर्ने जिकिर गरेका थिए। प्रतिवादीका तर्फबाट बहस गरेका कानून व्यवसायीले भने हिरासतबाहिरै राखेर पनि अनुसन्धान गर्न सकिने तर्क गरेका थिए। त्यसपछि इजलासले दुई दिनको मात्र समय दिएर अनुसन्धान सकाउन आदेश गरेको हो।
“सोमबारदेखि दुई दिनको समय तोकिएको छ। त्यसभित्र अनुसन्धान सक्न भन्ने आदेश छ,” पन्थीले भने, “यो बीचमा बुझ्नुपर्ने कागज, अनुसन्धान गर्नुपर्ने सबै कुरा गर्नुपर्ने। योभित्र सम्पन्न हुन सकेन भने हाजिरी जमानीमा छोडेर अनुसन्धान गर्न आदेश भएको छ।”
जिल्ला न्यायाधीश आचार्यले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४(६) प्रयोग गरेर यो आदेश गरेका हुन्।
दफा १४ मा अनुसन्धानका लागि हिरासतमा राख्न सकिने अवधि र त्यससम्बन्धी कार्यविधिको व्यवस्था छ। उपदफा ६ मा अनुसन्धान अधिकृतले कुनै व्यक्तिलाई उपदफा ३ बमोजिम हिरासतमा राख्ने अनुमति माग गरेकोमा मुद्दा हेर्ने अधिकारीले सम्बन्धित कागजातहरू हेरी अनुसन्धान सन्तोषजनक रूपमा भएको वा नभएको विचार गरी, आवश्यक देखिए सम्बन्धित कानून व्यवसायीको बहससमेत सुनी अनुसन्धानका लागि हिरासतमा राख्न आवश्यक भएको देखिएमा एकै पटक वा पटक पटक गरी बढीमा २५ दिनसम्म हिरासतमा राख्ने आदेश दिन सक्ने भनेको छ।
जग्गा हडपेको आरोपमा सीआईबीले व्यवसायी चौधरीसहित अजितनारायणसिंह थापा र सञ्जय ठाकुरलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। उनीहरू पक्राउ परेलगत्तै सीआईबी माथि शीघ्र अनुसन्धान सक्न दबाब थियो। इजलासले नै आदेश गरेपछि सीआईबीले मंगलबारभित्र अनुसन्धान सक्नुपर्ने बाध्यता आइलागेको छ। “अनुसन्धान भइरहेको छ। इजलासले नै यस्तो आदेश गरेपछि दबाब त हुने नै भयो,” एक अनुसन्धान अधिकृतले भने।


––––– यो पनि ––––––
- एक्सक्लुसिभ – बाँसबारीको १० रोपनी सरकारी जग्गा : चौधरी ग्रुपले यसरी गर्यो कब्जा
- फलोअप– चौधरी ग्रुपलाई बाँसबारीको सरकारी जग्गा सुम्पने निर्णय नै गैरकानूनी
- अन्तर्वार्ता– बाँसबारीको जग्गा सरकारको हो, फिर्ता लिएर चौधरी समूहलाई कारबाही हुनुपर्छ
- समाचार प्रभाव– चौधरी समूहबाट कब्जा बाँसबारीको सरकारी जग्गाबारे अख्तियारले शुरू गर्यो अनुसन्धान
फलोअप –
- अख्तियारले खोजेपछि बाँसबारीको फाइल ‘गायब’, रोकियो चौधरी ग्रुपले हडपेको जग्गाको अनुसन्धान
- संसद्मा एमालेको माग– बाँसबारी र बालमन्दिर घोटालामा संलग्नलाई कारबाही गर
- बाँसबारी र बालमन्दिर प्रकरणलाई ‘लुटतन्त्र’को केस–स्टडी बनाएर हेर्दा
- बाँसबारी जग्गा प्रकरणमा १५ महिनादेखि ‘अनुसन्धानरत’ अख्तियार
समाचार प्रभाव –
- बाँसबारी जग्गा प्रकरणः अरुण चौधरी पक्राउ
- बाँसबारी छाला तथा जुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक थापा पक्राउ
- बाँसबारी जग्गा प्रकरण : आम्रपाली कन्स्ट्रक्सनका सञ्जय ठाकुर पक्राउ
- अरुण चौधरीसहित ३ जनालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- बाँसबारी जग्गा प्रकरण: पक्राउ परेकाहरू अस्पताल भर्ना हुँदै
- अरुण चौधरीको पक्राउप्रति निजी क्षेत्रको आपत्ति, शंकाकै भरमा वैयक्तिक स्वतन्त्रता हनन गरेको जिकिर
- बाँसबारी जग्गा प्रकरणको ‘फाइल खोल्न’ सीआईबीले खर्चेका ३ महिना
- बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेकाहरू अस्पताल भर्ना
फलोअप –
- बाँसबारी प्रकरणमा ३५ वर्षअघिको महालेखा प्रतिवेदन– ‘चौधरी ग्रुपलाई जग्गा दिने निर्णय गैरकानूनी, कारबाही गर्नू’
- बाँसबारी जग्गा प्रकरणमा अरुण चौधरीकाे १० घण्टा बयान- ‘कुनै गल्ती भएको भए सरकारबाटै भयो होला’
- बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीलाई अस्पतालमा राखिएको भन्दै ओलीले जनाए आपत्ति
- बाँसबारीको १८ रोपनी जग्गा नै दिन लागिएको थियो चौधरी ग्रुपलाई, मालपोतसम्मै थियो ‘सेटिङ’
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
