ल्हेन्दे खोलामा बाढी, टिमुरे भन्सारको धर्मकाँटा बगायो

प्राधिकरणले रसुवा, नुवाकोट र धादिङका त्रिशुली र भोटेकोशी नदी किनारमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन अनुरोध गरेको छ।

ल्हेन्दे खोलामा बाढी, टिमुरे भन्सारको धर्मकाँटा बगायो
तस्वीर सौजन्य: रेडियो लाङटाङको फेसबुक।

काठमाडौँ– रसुवाको गोसाईंकुण्ड गाउँपालिका–२ स्थित ल्हेन्दे खोलामा बाढी आएको छ। चीनबाट बगेर आएको उक्त खोलामा बुधबार बिहान करिब २ बजे अचानक बाढी आएको हो। ​

बाढीले रसुवागढीस्थित टिमुरे भन्सार यार्डमा रहेको धर्मकाँटा बगाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बिहान साढे ७ बजेसम्म पनि खोलाको जलसतह उच्च रहेको छ। 

प्राधिकरणले रसुवा, नुवाकोट र धादिङका त्रिशुली र भोटेकोशी नदी किनारमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन अनुरोध गरेको छ। खोलामा माछा मार्न, बाढीले बगाएर ल्याएका काठ–दाउरा टिप्नेजस्ता क्रियाकलाप नगर्नसमेत आग्रह गरेको छ।

यसअघि असार २५ गते बिहान पनि ल्हेन्दे खोलामा बाढी आउँदामा जनधनको ठूलो क्षति पुगेको थियो।