निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग निष्क्रिय भएको भन्ने संसद् सचिवालयको पत्रविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ। सर्वोच्च अदालत बार एसोसियसनले रिट दायर गरेको हो।
काठमाडौँ– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भएको भन्दै संघीय संसद् सचिवालयले दिएको पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
सर्वोच्च अदालत बार एसोसिएसनले रिट दायर गरेको हो। सर्वोच्च बारका तर्फबाट अध्यक्ष पूर्णमान शाक्यलगायतले पेस गरेको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दर्ता गरेको छ।
संघीय संसद्का महासचिव भरतराज गौतमले बुधबार जबराविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र उनलाई दिएका थिए। सोही पत्र राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सर्वोच्च अदालत, न्याय परिषद् लगायतमा समेत पठाइएको थियो।
रिटमा संघीय संसद् सचिवालय, जबरा, महासचिव गौतमलगायतलाई विपक्षी बनाइएको छ। संसद्ले गर्ने निर्णय संसद्को प्रशासनिक गर्न नमिल्ने जिकिर गर्दै रिटमा सो पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरिएको छ।
रिटमा यो गम्भीर संवैधानिक व्याख्याको विषय भएकाले संवैधानिक इजलासबाट सुनुवाइ गर्न माग गरिएको छ।
सर्वोच्चले रिटमाथि सुनवाइका लागि शुक्रबार पेसी तोकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
