टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको छ।
काठमाडौँ– माइकल भ्यान लिङ्गेनको शतकप्रेरित घरेलु टोली नामिबियाले आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपाललाई २७६ रनको लक्ष्य दिएको छ।
युनाइटेड क्रिकेट क्लबको खेल मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रन बनाएको हो।
नामिबियाका लागि लिङ्गेनले सर्वाधिक ११९ रन बनाए। उनले १११ बलमा १५ चौका र १ छक्का प्रहार गरे।
सन् २०२१ मा उनले ओमानविरुद्ध एकदिवसीय खेलमा डेब्यू गरेका थिए। त्यसपछि उनले नामिबिया, अमेरिका र पपुवा न्यूगिनी सम्मेलित त्रिदेशीय सिरिजमा करिअरकै पहिलो शतक बनाएका थिए।
पपुवा न्यूगिनीविरुद्ध भएको खेलमा उनले १०७ बलमा १३ चौका र ३ छक्कासहित अविजित रहँदै ११९ रन बनाएका थिए।
कप्तान गेरहार्ड इरास्मसले अर्धशतक प्रहार गरे। उनले ७६ बलमा १ चौका र २ छक्का प्रहार गरे। जन निकोलले ४०, दिवान ला ककले १८ र लो-हेन्ड्रे लोअरेन्सले १४ रको योगदान दिए।
जाने ग्रिन ९ रनमा आउट हुँदा पिक्की या फ्रान्स ११ रनमा अविजित रहे। नेपालका लागि ललित राजवंशीले सर्वाधिक ४ विकेट लिए। १० ओभर बलिङ गरेका उनले ३६ रन खर्चिए।
सोमपाल कामीले १० ओभरमा १ मेडनसहित ५३ रन खर्चिएर २ विकेट लिए। सागर ढकालले ६ ओभरमा २७ रन खर्चिएर १ विकेट लिए।
यसअघि नेपाल र नामिबियाबीच भएको पहिलो खेल वर्षाका कारण नतिजाविहीन भएको थियो। उक्त खेलमा दुवै टालीले अंक बाँकेका थिए। अर्को खेलमा नेपाल स्कटल्यान्डसँग ३ विकेटले पराजित भएको थियो।
७ टोली सहभागी लिग २ मा नेपाल २२ खेलमा १८ अंकसहित छैठौँ स्थानमा छ। नामिबिया भने २९ खेलमा ३५ अंकका साथ तेस्रो स्थानमा छ। नेपालले सिरिजको अन्तिम खेल भोलि स्कटल्यान्डसँग खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
