नेपालमा असोज दोस्रो हप्तादेखि नै किसानले धान भित्राउने समय शुरू हुन्छ। तर यही बेला परेको झरीका कारण कतिपय ठाउँमा किसानलाई धान भित्र्याउन समस्या भएको छ।
काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दै आइतबार साँझसम्म देशभर वर्षा हुने जनाएको छ। मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार आइतबार साँझदेखि मौसममा क्रमिक सुधार आउने छ। तर दशैँको घटस्थापनासम्म पानी पर्ने क्रम भने जारी रहने छ।
सामान्यतया मनसुन बाहिरिने समय अक्टोबर २ भए पनि अहिलेसम्म सरदर मितिमा यस वर्षको मनसुन बाहिरिने कुनै सम्भावना नदेखिएको कँडेल बताउँछिन्। “अहिले नै कहिले मौसम बाहिरिन्छ ठ्याक्कै भन्न सकिन्न,” उनी भन्छिन्, “अहिलेको अवस्थाले एक या दुई हप्तै पछि सर्न पनि सक्छ।”
भारतबाट मनसुन बाहिरिने क्रम शुरू भए पनि नेपालमा मनसुन बाहिरिने कुनै संकेत देखा परेका छैन। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट प्रवेश गरेको जलवास्पयुक्त वायु नेपाल प्रवेश गरेपछि त्यसको प्रभावका कारण देशभर वर्षा भइरहेको हो।
कृषिमा कस्तो असर
नेपालमा असोज दोस्रो हप्तादेखि नै किसानले धान भित्र्याउने समय शुरू हुन्छ। तर असोजको दोस्रो हप्ता परेको झरीका कारण कतिपय ठाउँमा किसानलाई धान भित्र्याउन समस्या भएको छ।
कृषि विभागका उपमहानिर्देशक डा. अरुण काफ्ले भने अहिलेको पानीले किसानलाई फाइदा पुग्ने बताउँछन्। “तराई क्षेत्रमा ढिलो रोपाइँ भएको हो। त्यस कारण अहिलेको झरीले तराईको किसानलाई फाइदा नै पुग्छ,” उनी भन्छन्, “पहाडमा नकाटेको धानलाई त खास असर पुग्दैन।”
लुम्बिनी प्रदेशको कृषि भूमि तथा सहकारी मन्त्रालयकी सचिव डा. नम्रता सिंहले पनि अहिलेको पानीले किसानलाई हानि नहुने बताउँछिन्। “तराईको बालीका लागि त अहिलेको झरीले फाइदा नै पुग्छ,” उनी भन्छिन्, “छिटो रोपाइँ गरिएका पहाडी क्षेत्रमा धान भित्र्याउने बेला भयो। नकाटेको धानलाई त एकदुई दिनको पानीले खास असर गर्दैन।”
धान काटिसकेका किसानलाई पनि आफूहरूले सूचना दिएर पहिल्यै भित्र्याउन भनिसकेको र धान नकाट्न सूचना जारी गरेको उनको भनाइ छ। त्यस कारण पनि किसानको धानलाई नोक्सान नहुने डा. सिंह बताउँछिन्।
महोत्तरीको जलेश्वरका किसान बजरङ्ग नेपाली अहिलेको झरीले किसानको बालीलाई फाइदा भएको बताउँछन्। “पानी नपरेको धेरै भएको थियो। अहिलेको पानीले धानलाई राम्रै फाइदा भयो,” उनी भन्छन्, “अहिलेको पानीले नाइट्रोजनको समेत काम गर्ने भएकाले किसानका लागि यो वरदान नै हो।”
कहाँ कति वर्षा?
मौसम विभागले शुक्रबार बिहान पौने ८ बजे जारी गरेको अपडेटअनुसार २४ घण्टाको अवधिमा सर्वाधिक विराटनगरमा १५२.३ मिलिमिटर वर्षा मापन गरिएको छ। त्यस्तै, धनगढीमा १००, जनकपुरमा ८१, धनकुटामा ५३.४, भैरहवामा ५२.२ सिमरा ४१, ओखलढुंगामा ३२.६, डडेलधुरामा २८.३ र पोखरा २६.७ मिलिमिटर वर्षा भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
