आजको मौसम

हाल देशका केही भागमा आंशिक बदली रही अन्य भागको मौसम सफा रहेको छ।

काठमाडौँ- शुक्रबार बिहानसम्म देशका पहाडी भू-भागका केही स्थानमा आंशिक बदली तथा अन्य भागको मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी  भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। 

राती भने प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी स्थानहरूमा  मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।