आसमको तेजपुरस्थित डिफेन्स पीआरओले ९ डिसेम्बरका दिन पीएलएका सैनिक अरुणाचल प्रदेशको तवांग क्षेत्रमा घुसेपछि झडप भएको बताएका छन्।
भारतको अरुणाचल प्रदेशको तवांग क्षेत्रमा भारत र चीनका सुरक्षाकर्मीबीच झडप भएको छ। भारतीय सेनाका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले ९ डिसेम्बरका दिन भारत र चीनका सुरक्षाकर्मीबीच झडप भएको उल्लेख गरेको छ।
आसमको तेजपुरस्थित डिफेन्स पीआरओका अनुसार ९ डिसेम्बरका दिन पीएलएका सैनिक अरुणाचल प्रदेशको तवांग क्षेत्रमा घुसेपछि झडप भएको हो। झडपमा दुवै देशका केही सैनिकहरू घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यम द हिन्दुले उक्त झडपमा भारतीय सैनिकतर्फभन्दा चिनियाँ सैनिकतर्फ धेरै घाइते भएको विभिन्न स्रोतहरूलाई उद्धृत गर्दै समाचार लेखेको छ।
भारतीय सेनाका अनुसार तत्कालै दुवै देशका सैनिकहरू पछि हटेपछि झडप रोकिएको थियो। त्यसपछि उक्त क्षेत्रमा शान्ति स्थापना गर्नका लागि सेनाका कमान्डरले चिनियाँ समकक्षीसँग वार्ता गरेका थिए।
यसअघि लद्दाखको गलवान उपत्यकामा १५ जुन २०२० मा भारत र चीनका सुरक्षाकर्मीबीच झडप भएको थियो। झडपका क्रममा २० भारतीय सेनाको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए। यता चीनले भने ४ सैनिकको मृत्यु भएको पुष्टि गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
