धार्मिक, सामाजिक र सांस्कृतिकरूपले नेपाली हिन्दू धर्मावलम्बीका लागि दशैँको विशेष महत्व छ।
धार्मिक, सामाजिक र सांस्कृतिकरूपले नेपाली हिन्दू धर्मावलम्बीका लागि दशैँको विशेष महत्व छ। नेपाली हिन्दूहरूका लागि यो ठूलो र लामो समय मनाइने चाड हो।
नवरात्रिका नौ दिनसम्म विभिन्न देवीको पूजा आराधना गरिन्छ। १०औँ दिन, आर्थात् विजया दशमीमा भगवतीले दानवी शक्त्तिमाथी विजय हासील गरेको खुसियालीमा प्रसादस्वरूप मान्यजनबाट टीका र जमरा ग्रहण गरि आशीर्वाद लिने प्रचलन छ। त्यसअघि अष्टमी र नवमीमा देवीलाई बलि दिने चलन पनि छ।
दशैँको मुख्य विशेषता भनेको परदेशिएका परिवारका सदस्य घर फर्किने र एकै ठाउँमा बसेर चाड मनाउने नै हो। थरिथरिका परिकार बनाएर खाने, टीका लगाउने, आफन्त भेटघाट गर्ने, पिङ खेल्ने गरेर दशैँ मनाउने चलन छ। यो मौसमलाई चंगा उडाउन उपयुक्त मानिन्छ। यो मौसममा थरिथरि फूल फुल्छन्। बाल लगाएर भित्र्याउने बेला नभएको मौसम हुनाले किसानहरू पनि फुर्सद् हुने समय मानिन्छ।
समयअनुसार दशैँ मनाउने शैली पनि परिवर्तन भइरहेको छ। शहरतिर चंगा उडाउने संस्कृति अझै बाँकी भए पनि लिंगेपिङ भने देख्न पाइँदैन। शहरतिर बस्ने धेरै जना गाउँ फर्किने हुनाले भिडभाड कम हुन्छ। गाउँको जीवनशैली पनि परिवर्तन हुँदै गइरहेको छ। परम्परागत लिंगेपिङ कम बन्न थालेका छन्।
यसपटक कोरोना महामारीको दुई वर्षपछि खुलेर दशैँ मनाउने अवसर आएको छ। त्यसैले काठमाडौँबाट गाउँ जानेको भिड धेरै छ। वैदेशिक रोजगारीमा गएर दशैँमा दुई वर्षदेखि फर्किन नपाएकाहरू पनि धमाधम आइरहेका छन्।
तर, बढ्दै गएको महंगीले भने सर्वसाधारणलाई पिरोल्न थालेको छ। दशैँमा नयाँ लगाउने र मिठो खाने परम्पराका कारण खर्च बढ्दा न्यून र मध्यम आय भएकाहरू दबाबमा पर्ने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
