अल्का अस्पतालमा कार्यरत डा. रक्षा गौतमले घाँटी दुखेको भनेर आएका अधिकांश डेंगीका बिरामीको घाँटीमा घाउ देखिएको बताइन्।
काठमाडौँ- डेंगीका बिरामीमा घाँटीमा समस्या देखापरेको भन्दै सजग रहन चिकित्सकले आग्रह गरेका छन्।
डेंगी संक्रमितले घाँटी दुखेको गुनासोपछि गरिएको परीक्षणमा घाँटीमा संक्रमण देखिएको भन्दै सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका हुन्। अल्का अस्पतालमा कार्यरत डा. रक्षा गौतमले घाँटी दुखेको भनेर आएका अधिकांश बिरामीको घाँटीमा घाउ देखिएको बताइन्।
"डेंगीमा ज्वरो शुरूमा नै धेरै आउने, केही प्रतिशत बिरामीको सामान्य ज्वरो पनि छ। तर, धरैलाई घाँटी दुखेको भनेर आउनुभएको छ। घाँटी जाँच गर्दा घाउ भएको धेरैमा भेटेका छौँ। धेरै झुक्किनुभएको छ टन्सिल हो कि भनेर," उनले भने।
उनका अनुसार डेंगीको लक्षण 'भाइरल फ्लू'सँग मिल्दोजुल्द हुन्छ। डेंगी हुँदा घाँटी दुख्ने, आँखाको नानी दुख्ने, टाउको दुख्ने, वान्ता आउने, वाकवाक लाग्नेजस्ता लक्षण बढी देखिन्छन्। पछिल्ला दिनमा अस्पतालमा उपचारका लागि आउने ९० प्रतिशत बिरामी डेंगी संक्रमित हुन्।
डेंगी, फ्लू र सामान्य रुघाखोकी, ज्वरो लगायतमा केही लक्षण एक आपसमा मिल्ने भएकाले रोगविशेषको लक्षण पहिचान गरी सतर्क रहन उनको सुझाव छ। डेंगी सरुवा रोग नभएकाले परिवारको सदस्यलाई डेंगी लाग्यो भनेर आत्तिहाल्नुपर्ने अवस्था नरहेको भन्दै उनले ज्वरो घटेन भनेर चिकित्सकको सल्लाहबिना जथाभावी औषधि सेवन नगर्न पनि आग्रह गरिन्।
उनले डेंगीका बिरामीलाई झुलमा राख्ने उचित हुने बताइन्। उनका अनुसार लामखुट्टेले टोक्ने भनेको बिहान र दिउँसोको समयमा हो। बिहान ६ देखि १० र साँझ ६ देखि १० मा बढी सक्रिया हुने हो। त्यो बेलामा लापरबाही गरिरहेको उनको भनाइ छ।
"फुल बाउला भएको लुगा लगाउने। राति झुलमा सुतेर डेंगी लाग्दैन भन्ने सोच त्याग्नुपर्छ। ज्वरो घटेन भनेर सिटामोल धेरै खाने काम नगर्नुस्," उनको सुझाव छ।
डा. गौतमले भदौदेखि उच्च तापक्रम (ज्वरो) भएका बिरामी बढिरहेको र अस्पतालमा डेंगीका बिरामीको चाप बढेको बताइन्। उनले डेंगीसँगै डेंगीजस्तै लक्षण भएका फ्लू र कोभिडका बिरामी पनि उपचार गर्न आइरहेको बताइन्।
उनले सामान्य रुघाखोकी, डेंगी र कोरोनालाई केही हदसम्म भने छुट्याउन सकिने बताइन्। उनका अनुसार सामान्य रुघाखोकी मात्रै भएको खण्डमा भाइरल ज्वरो, जो परिवारको कोही सदस्यलाई लागेपछि सबै सदस्यलाई सर्दै जान्छ। नेपालमा वर्षमा दुईपटक यो फ्लू सिजन हुन्छ। तर, अहिले चाँडोचाँडो मौसम परिवर्तन भइरहेको भएर फ्लूजस्ता बिरामी प्रायः देखिने गरेका छन्। उनले भाइरल ज्वरोका बिरामी पनि पछिल्लो समय धेरै देखिन थालेको भन्दै स्वास्थ्य सुरक्षामा ध्यान दिन आग्रह गरिन्।
डा. गौतमले फ्लूबाहेक बास्ना र स्वाद थाहा नपाएमा भने कोरोना संक्रमण हुनसक्ने भएकाले चिकित्सकको सल्लाह लिएर मात्रै औषधि सेवन गर्नुपर्ने बताइन्।
त्यस्तै, धेरै घाँटी दुख्ने, शुरूमा नै धेरै ज्वरो आउने, आँखाको नानी दुख्ने, ज्यान दुख्नेलगायतका लक्षण देखिए डेंगी हुन सक्छ। यस्तो लक्षण देखिँदाबित्तिकै अस्पताल पुगिहाल्नु पर्ने अवस्था नरहेकाले ७२ घण्टापछि मात्रै अस्पताल जान उनको सुझाव छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
