आज देशभरको माैसम सफा रहने

हाल पहाडी भेगमा आंशिक बदली रहे पनि उल्लेखनीय मौसमी प्रणाली नभएका कारण अधिकांश स्थानको मौसम सफा रहेकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ।

काठमाडौँ– शुक्रबार देशभरको माैसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हाल पहाडी भेगमा आंशिक बदली रहे पनि उल्लेखनीय मौसमी प्रणाली नभएका कारण अधिकांश स्थानको मौसम सफा छ। विभागका अनुसार दिउँसो सुदूरपश्चिमलगायत पहाडी भेगमा आंशिक बदली रहने छ ।

तर, पानी पर्ने, बादल लाग्ने सम्भावना भने नरहेको विभागले जनाएको छ।