तराईमा हुस्सु र कुहिरो, प्रदेश–१ मा वर्षाको सम्भावना

शुक्रबार दिउँसो प्रदेश–१, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने तथा प्रदेश–१ को पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ।

काठमाडौं– तराईका केही भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्दै आएको छ। जसले बिहान र बेलुका तराईमा पनि जाडो बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

देशका अधिकांश भू–भागमा तापक्रम घट्दै गएकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गर्दै आएको छ। शुक्रबार दिउँसो प्रदेश–१, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ।

प्रदेश–१ को पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। बिहान पौने ६ बजेको काठमाडौंको तापक्रम ८।५ डिग्री सेल्सियस छ।

राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।