धनुषा जिल्ला अदालतले अवैध क्रसर विरोधी दिलीप महतो हत्यामा संलग्न विपिन महतो र मुनिन्द्र महतोलाई २५ वर्षको कैद सजाय सुनाएको छ।
काठमाडौँ- धनुषा जिल्ला अदालतले अवैध उत्खननको विरोध गरेका दिलीप महतोको हत्यामा संलग्न मुख्य अभियुक्त विपिन महतो, मुनीन्द्र महतोलाई २५ वर्ष कैद र पीडित परिवारलाई पाँच लाख क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको छ।
अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले महतोको हत्यामा संलग्न विपिन महतो र मुनीन्द्र महतोलाई सजाय सुनाएको हो। अदालतले उनीहरूलाई ५/५ लाख जरिवाना पनि तोकेको छ।
अदालतका श्रेस्तेदार विकास बस्नेतका अनुसार हत्यामा मतियार रहेका जितेन्द्र महतोलाई १२ वर्ष कैद र साढे २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश दिएको हो।
के थियो घटना?
धनुषाको मिथिला नगरपालिकास्थित श्रीपुरका दिलीप घर नजिकैको औरही खोलामा हुने अवैध गिट्टीबालुवा उत्खननको विरोधी थिए। उनको विरोधपछि चुरिमाई बालुवा प्रशोधन उद्योगका सञ्चालकले दिलीपलाई धम्की दिँदै आएका थिए। भारतको भोपालमा इन्जिनियरिङ पढ्दै गरेका उनी परीक्षा सकेर घर फर्किएको ११ औँ दिन २०७६ पुस २५ गते उनको हत्या भएको थियो।
क्रसर व्यवसायीले उनलाई कुटपिट तथा फलामको सुइरो रोपी टिप्परले टाउको समेत कुल्चेर विभत्स ढंगले हत्या गरेका थिए। दिलीपका बुवा रामजीवन महतोले घटनामा संलग्न क्रसर उद्योगी विपिन कुमार महतो, विनोद महतो, टिप्पर चालक मुनीन्द्र महतो, टिप्परका सहचालक जितेन्द्र महतो (सत्यनारायण), शुत्रधन महतो र रोशनकुमार महतो लगायतविरुद्ध जाहेरी दिएका थिए ।
आरोपितमध्ये उद्योग सञ्चालक विनोद र कामदारहरू जितेन्द्र महतो (सत्यनारायण), शुत्रधन महतो तथा रोशनकुमार महतोले भने सफाइ पाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
