दशरथ रंगशालामा सम्पन्न दिनको पहिलो खेलमा हिमालयन शेर्पाले विभागीय टोली नेपाल पुलिसलाई १-० गोलअन्तरले पराजित गरेको छ।
काठमाडौँ- दोस्रो हाफको अतिरिक्त समयमा गोल गर्दै हिमालयन शेर्पा क्लबले शहीद स्मारक 'ए' डिभिजन लिग पहिलो जित हात पारेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको पहिलो खेलमा हिमालयन शेर्पाले विभागीय टोली नेपाल पुलिसलाई १-० गोलअन्तरले पराजित गरेको हो।
हिमालयन शेर्पाको जितमा अमृत श्रेष्ठले गरेको गोल नै निर्णायक बन्यो। उनले दोस्रो हाफमा थप गरिएको ७औँ मिनेटमा गोल गरेका थिए। त्यसअघि ३१औँ मिनेटमा पुलिसले गोल गर्ने अवसर गुमाएको थियो।
विपक्षी टोलीका खेलाडीले फाउल गरेपछि पुलिसले पेनाल्टी पाएको थियो। तर, सत्रुधन चौधरीको प्रहार हिमालयन शेर्पाका गोलरक्षक निसान लिम्बुले बचाए।
जितसँगै हिमालयन शेर्पाले २ खेलबाट ४ अंक जोडेको छ। पहिलो खेलमा हिमालयन शेर्पाले मनाङ मस्याङ्दीसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो। हिमालयन शेर्पा अंक तालिकामा तेस्रो स्थानमा छ।
यता, जितविहीन पुलिस १२औँ स्थानमा रहेको छ। पुलिस पहिलो खेलमा नवप्रवेशी चर्च ब्वाइजसँग २-१ गोलअन्तरले पराजित भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
