आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको पपुवा न्यू गिनी संकटमा देखिएको छ।
काठमाडौँ- आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको पपुवा न्यू गिनी संकटमा परेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्यू गिनीले २५ ओभरमा ८० रन बनाउँदै ६ विकेट गुमाइसकेको छ।
ओपनर किप्लिङ डोरिगालाई २ रनमा गुमाएको पपुवा न्यू गिनीले अर्का ओपनर हिरी हिरीलाई पनि १४ रनमा गुमाएको थियो। उनी ३.४ ओभरमा सोमपाल कामीको बलमा करण केसीबाट क्याच भएका थिए।
त्यस्तै, तेस्रो नम्बरमा क्रिजमा उत्रिएका सेसे बाउपनि १८ रन बनाएर बोल्ड भए। उनले २८ बलमा ३ चौका प्रहार गरे।
कप्तान असद भाला पनि ३१ बलमा २ चौकासहित २० रनमा पिभिलियन फर्किए। त्यस्तै, रिले हेकुरे ४ रनमा आउट भए भने चार्ल्स अमिनी १६ रनमा आउट भए।
अहिले नुरमान भानु र चाड सोपर क्रिजमा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
