आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत पीएनजीले नेपालसामु ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
काठमाडौँ- सन्दीप लामिछानेले कसिलो बलिङ गरेसँगै आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजमा पपुवा न्यू गिनीले नेपालसामु ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पाहुना टोली पपुवा न्यू गिनीले ३२औँ ओभरमा सबै विकेट गुमाउँदै ९५ रन बनाएको हो।
पपुवा न्यू गिनीका कप्तान असद भालाले सर्वाधिक २० रन बनाए। उनले ३१ बलमा २ चौका प्रहार गरे।
उनीबाहेक अन्य चार खेलाडीले मात्रै दोहोरो अंकमा रन बटुल्न सके।
तेस्रो नम्बरमा क्रिजमा उत्रिएका सेसे बाउले १८, चार्ल्स अमिनीले १६ र ओपनर हिरी हिरीले १४ रन बनाए। पपुवा न्यू गिनीका अन्य ब्याटरले नै दोहोरो अंकमा रन बटुल्न सकेनन्।
ओडीआईमा पपुवा न्यू गिनी दोस्रोपटक सर्वाधिक कम स्कोरमा समेटिएको हो। यसअघि सन् २०२१ मा सेप्टेम्बर १० मा नेपालसँग खेल्दा ८२ रनमा अलआउट भएको थियो।
नेपालका लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए। १० ओभर बलिङ गरेका सन्दीपले १ मेडनसहित २५ रन खर्चिए। योसँगै उनी ओडीआईमा १०० विकेट नजिक पुगेका छन्। उनले ४० खेलमा ९७ विकेट लिएका छन्।
कुशल मल्ल र ललित राजवंशीले २/२ विकेट लिए। सोमपाल कामीको नाममा भने १ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
