रासायनिक मलमा अनुदान कटौती गर्ने निर्णयबाट सरकार पछि हट्यो

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मलमा दिइँदै आएको अनुदान कटौती नगर्ने निर्णय गरेको छ।

काठमाडौँ- सरकारले रासायनिक मलमा दिइँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ।

मलमा दिइँदै आएको अनुदान कटौतीको सर्वत्र विरोध भएपछि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रासायनिक मलमा दिइँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको हो।

बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो।