आजको मौसमः तीनवटा प्रदेशमा वर्षा र हिमपातको सम्भावना

शनिबार प्रदेश–१, बागमती र गण्डकीका पहाडी भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ। 

काठमाडौं– देशका विभिन्न भागमा आज वर्षा र हिमपातको सम्भावना छ।

दिउँसो प्रदेश–१, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

प्रदेश–१, बागमती र गण्डकीको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। राति प्रदेश–१ र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने विभागले जनाएको छ।

यी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको समेत सम्भावना छ। बिहान तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ।

देशको अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएको विभागले जनाएको छ।