पत्रकार गिरिराज बाँस्कोटाको नियात्रा संग्रह ‘कञ्चनजंघाको काखबाट’मा नेपालका मध्यपहाडी जिल्ला तथा पूर्वका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्थुम, धनकुटाका विषयहरू समेटिएको छ।
पाँचथर– गिरिराज बाँस्कोटाको नियात्रा संग्रह ‘कञ्चनजंघाको काखबाट’ विमोचन भएको छ।
रङ्गीन तस्वीरसहितको नियात्रा संग्रह प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले विमोचन गरे। मोटरसाइकलमा पुष्पलाल (मध्यपहाडी) लोकमार्ग हुँदै पूर्व–पश्चिम यात्रा, कञ्चनजंघा हिमाल क्षेत्रलगायत विभिन्न क्षेत्रका नियात्राका २० पाठ पुस्तकमा समेटिएका छन्।
हरेक ठाँउको यात्राका तस्वीरसमेत समावेश गरीएको छ। डेढ दशकदेखि पत्रकारितामा सक्रिय बाँस्कोटा नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्षसमेत हुन्। प्रायः उच्च पहाड र हिमाली क्षेत्र घुमिरहने उनले पछिल्ला १० बर्ष गरेका यात्राका विषयवस्तु पुस्तकमा छन्।
चौरी, गुराँस, तितेमाछा जस्ता विषयलाई पनि उनले पुस्तकमा समेटेका छन्। नेपालका मध्यपहाडी जिल्ला तथा पूर्वका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्थुम, धनकुटाका विषयहरू समेटिएको बाँस्कोटाले बताए।
खासगरी पूर्वी र मध्यपहाडका प्रमुख पर्यटकीय स्थल तथा जनजीवन बुझ्न पुस्तकले सहयोग पुग्ने मन्त्री आङ्बोले बताए।बाँस्कोटाका यसअघि ‘ढुंगाको प्रेम’ कविता संग्रह र फुटकर रचनाहरू प्रकाशित छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
