पाण्डव र कौरवबीचको लडाइँपछि पाण्डव विजयी भएको दिनलाई स्मरण गर्दै सुदूरपश्चिममा भुवापर्व मनाउने चलन छ।
बझाङ– सुदूरपश्चिममा भुवापर्व शुरू भएको छ। कैलाली, बाजुरा, बझाङ, अञ्चनपुर, अछामलगायत जिल्लामा हरेक वर्ष पुसे औँसीको अघिल्लो दिनदेखि भुवापर्व मनाउने चलन छ।
द्वापरयुगमा पाण्डव र कौरवबीचको लडाइँपछि पाण्डवको विजयसँगै खुसियाली मनाएको दिनलाई स्मरण गर्दै भुवो खेल्ने गरिन्छ। बझाङको खप्तडछान्ना गाउँपालिका–५ का माधवप्रसाद जोशीका अनुसार सिन्धुघाँटीको सभ्यतादेखि प्राचिन नेपाली समुदायमा भुवो मनाइँदै आएको छ।
सुदूरपश्चिममा जुम्ला सभ्यता छिटो फैलँदै आएका जिल्लामा भुवापर्व मनाउने गरेको उनले बताए। पर्वमा महाभारतका पाण्डव र कौरवको युद्धका बेला पाण्डवको संघर्ष, जंगलमा बास बसेको समय, विकासमा खेलेको भूमिकालाई लिएर भुवाका माणा (गीत) गाउने चलन रहेको छ। “बढीजसो पाण्डव पुगेको ठाउँमा कतै ढुङ्गा बोकेको, कतै खनेको, केही आकृतिका ढुङ्गा गाडेकोजस्ता चिनारी छाडेको ठाउँमा यो पर्व बढी मनाउँछन्”, उनले भने।
पछिल्लो समय पहिचान जोगाउनका लागि पनि धेरै समुदायले भुवा मनाउने गरेका छन्। स्थानीय सरकार पनि पर्व जोगाउन लागि परेको छ। “आफ्नो संस्कार, संस्कृति, पहिचान जोगाउनका लागि पर्वको जगेर्ना गर्नुपर्छ”, जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजालले भने, “हामीले सकेको गरिरहेका छौँ।”
तीनदेखि पाँचदिन मनाइने भुवा पर्वमा रातभरि आगो बालेर देउडा, भारीखेल, भस्सोलगायत खेल खेल्ने चलन छ। कुनै ठाउँमा गाउँमा छैटी खेल्ने चलन पनि छ। बडिमालिका नगरपालिका–१ पाटा बाजुराका यज्ञराज पण्डितका अनुसार जेठो छोरा जन्मेको वर्षदिनपछि उसको घरमा गएर छैटी माग्ने चलन छ।
“छैटीमा आँगनमा भगवान् श्रीकृष्णको गाथा गाउने, बच्चालाई मान्यजनले आशिर्वाद दिने र सबै गाउँलेलाई बोलाएर भोज गर्ने चलन छ”, उनले भने। भुवाका श्लोक पनि आफ्नै भाषा, लय, संस्कृतिअनुसार फरक/फरक गाउने गरिन्छ।
“कुनै गाउँमा मुकुट लगाई श्रृंगारेर कसैलाई बाघ, चित्तल, हरिण बनाई बाजागाजाका साथ घुमाउने, नचाउने गरिन्छ भने कुनै ठाउँमा मध्यराति राँके लडाइँ गर्दै गाउँगाउँ जाने गरिन्छ”, उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
