देशभरको मौसम बदलीः वर्षा र हिमपातको सम्भावना

प्रदेश १, मधेश, बागमती र लुम्बिनीका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण तराईका धेरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ। 

दिउँसो प्रदेश १, मधेश र बागमतीमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, मधेश, बागमती र लुम्बिनीका एक दुई स्थानमा हल्का वर्षा हुनेछ। 

हिमाली भू–भागका थोरै स्थानमा हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैगरी राती देशका पहाडी क्षेत्रमा आंशिक देखि सामान्य बदली हुनेछ।

प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भेगमा हिमपातको सम्भावना छ।