नवनियुक्त प्रधानमन्त्री दाहालद्वारा पदभार ग्रहण

प्रधानमन्त्रीको पदभार ग्रहण गर्न सिंहदरबार पुगेका दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीले स्वागत गरेका थिए।

काठमाडौँ– नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले पदभार ग्रहण गरेका छन्।

प्रधानमन्त्री दाहालले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथग्रहण गरेपछि संहदरबारस्थित प्रधानमन्त्रीको कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्नुभएको हो। 

नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएपछि उनी आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए। 

प्रधानमन्त्रीको पदभार ग्रहण गर्न सिंहदरबार पुगेका दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीले स्वागत गरेका थिए।