कसैले उम्मेदवारी फिर्ता नलिएमा निर्वाचनबाट दलको नेता चयन हुने कांग्रेसका मधेश प्रचारप्रसार प्रमुख नितेश गुप्ताले बताए।
काठमाडौँ– नेपाली कांग्रेसको मधेश प्रदेशसभा दलको नेतामा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्।
जनकपुरधामस्थित पार्टी कार्यालयमा हुन लागेको निर्वाचनका लागि कांग्रेस मधेश प्रदेश सभापति कृष्णप्रसाद यादव र निवर्तमान प्रदेशसभा दलका नेता रामसरोज यादवले उम्मेदवारी दर्ता गराएका हुन्। कांग्रेस मधेश प्रदेशसभा दलको नेताका लागि बिहीबार निर्वाचन हुँदैछ।
कांग्रेसले मधेश प्रदेशसभा दलको नेता चयन गर्नका लागि चन्द्रशेखर यादव संयोजकको निर्वाचन समिति बनाएको छ। निर्वाचन समितिले बिहान ९ देखि १० बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय बनाएको थियो। सो समयभित्र दुई जनाको उम्मेदवारी परेको हो।
कसैले उम्मेदवारी फिर्ता नलिएमा मतदान हुने कांग्रेसका मधेश प्रचारप्रसार प्रमुख नितेश गुप्ताले बताए। गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा कांग्रेसले मधेश प्रदेशसभामा २२ सिट जितेको छ। कांग्रेस मधेश प्रदेशमा दोस्रो ठूलो दल हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
