आजको मौसम : तराईमा हुस्सु, पहाडमा वर्षाको सम्भावना

प्रदेश १, बागमती, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा हिमपात हुनसक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। राति प्रदेश १ को पहाडी भेगमा पानी पर्ने सम्भावना छ।

काठमाडौँ– पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले तराईका धेरै स्थानमा हुस्सु/कुहिरो लागेको छ। 

आइतबार दिउँसो देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना छ। प्रदेश १, बागमती र गण्डकीका पहाडी भेगमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

साथै हिमाली भेगका विभिन्न स्थानमा हिमपातको सम्भावना रहेको छ।  प्रदेश नं १, गण्डकी  र कर्णाली प्रदेशका हिमाली भेगमा हिउँ पर्न सक्ने विभागको अनुमान छ। यसैगरी राति प्रदेश १ को पहाडी भेगमा पानी पर्ने सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा हिमपात हुनसक्ने महाशाखाको अनुमान छ।

चिसोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातसमेत प्रभाव पर्ने हुँदा सावधानी तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।