आजको मौसम : पहाडमा आंशिक बदली, तराईमा हुस्सु

जल तथा मौसम विज्ञान विभागका अनुसार देशका विभिन्न भागमा आंशिक बदली रहने, हुस्सु लाग्ने तथा हिमपातको सम्भावना रहेको छ।

काठमाडौँ- हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका थोरै भू–भागमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

त्यस्तै, आज दिउँसो प्रदेश १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।  

प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी  प्रदेश र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको विभागले जनाएको छ। 

त्यस्तै आज राती देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।