प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीलाई समयानुकूल प्रविधिमैत्री बनाउन निर्देशन दिएका छन्।
काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीका सबै संगठनलाई प्रविधिमैत्री बनाउँदै लैजान निर्देशन दिएका छन्।
सोमबार ६७औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सूचना प्रविधिलाई समायानुकूल परिवर्तन गरी अघि बढ्नसके मात्रै अपेक्षित परिणाम हासिल गर्न सकिने बताए।
उनले नेपाल प्रहरीलाई आगामी दिनमा थप आधुनिक, व्यावसायिक, श्रोतसाधनले सम्पन्न बनाउन सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै प्रहरीभित्र सबै कर्मचारीको वृत्ति विकासलाई समयानुकूल सुधार्दै जानुपर्ने आवश्यकता रहेको बताए।
प्रधानमन्त्री देउवाले आगामी निर्वाचन शान्तिपूर्ण रूपमा गराउन नेपाल प्रहरीको प्रमुख जिम्मेवारी रहने भन्दै ऐन, कानूनले दिएको आफ्नो अधिकार प्रयोग गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन निर्देशन दिए।
"आगामी निर्वाचनमा नेपाल प्रहरीले आफ्नो मूलभूत दायित्व इमन्दारिताकासाथ निर्वाह गर्नुपर्नेछ," उनले भने, "ऐन, कानूनले दिएको आफ्नो अधिकार प्रयोग गरी निर्वाचनलाई सम्पन्न गर्न निर्देशन दिन चाहन्छु।"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
