प्रदेश १, गण्डकी र कर्णालीमा हिमपातको सम्भावना

मध्य तराईका थोरै क्षेत्रमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका पहाडी भागमा आंशिक देखि सामान्य बदली रही मध्य तराईका थोरै क्षेत्रमा हुस्सु लागेको छ।

दिउँसो पहाडी भागमा आंशिक बदली भई प्रदेश १, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैगरी रातिको मौसम पनि सामान्यतया सफा रहने छ।

प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा भने हिमपात हुनसक्ने छ। हिमपात र हुस्सुका कारण दैनिक जनजीवनसँगै सडक र हवाई यातायातमा प्रभाव पर्ने हुँदा सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।