जाडो बढेपछि महोत्तरीका विद्यालयमा बिदा

महोत्तरीका १५ मध्ये ११ वटा स्थानीय तहका विद्यालयमा जाडो बिदा दिइएको छ।

महोत्तरी– जाडो बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम विद्यालय बिदाको सूचना जारी गरेका छन्।

जिल्लाका ११ वटा स्थानीय तहले चारदेखि आठ दिनसम्म बिदा दिएका हुन्। जलेश्वर नगरपालिका, पिपरा तथा सम्सी गाउँपालिकाले पुस २६ गतेसम्म आठ दिन बिदा दिएका छन्। त्यसैगरी मटिहानी, भंगाहा लोहारपट्टी, औरही र बलवा नगरपालिका तथा  सोनमा गाउँपालिकाले २२ गतेसम्म बिदा दिने सूचना जारी गरेका छन्।

मनराशिशवा र रामगोपालपुर नगरपालिकाले आइतबारदेखि पुस २२ गतेसम्म बिदा दिइसकेका छन्। जिल्लाका १५ स्थानीय तहमध्ये ११ ले विद्यालयमा जाडो बिदाको सूचना जारी गरिसकेका छन्।

बिदा नभएका विद्यालयमा पनि जाडोले गर्दा विद्यार्थी उपस्थिति घटेको छ।