पाँचथरको रानिटारमा आगलागी, २ जनाको मृत्यु, २ घाइते

पाँचथरको रानिटारस्थित मेखबहादुर गुरुङको घरमा आगलागी हुँदा उनकी छोरी ममता गुरुङ र बुहारी आसानसिंह थेबेको मृत्यु भएको छ।

तस्वीर : रामचन्द्र बोम्जनको फेसबुक

काठमाडौँ– पाँचथरको फिदिम नगरपालिका–८ रानिटारमा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ।

राति एक बजे स्थानीय मेखबहादुर गुरुङको घरमा आगलागी हुँदा उनकी छोरी ममता गुरुङ र बुहारी आसानसिंह थेबेको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार आगलागीमा मेघबहादुर गुरुङ र बिजेन्द्र गुरुङ घाइते भएका छन्।

घाइते दुवैको अवस्था सामान्य रहेको प्रहरी प्रमुख डीएसपी हरि खतिवडाले बताए। उक्त घरमा राति सात जना सुतेका थिए। तीन जना भागेर बच्न सफल भएको खतिवडाले बताए। आगलागीको कारण खुलिनसकेकाे उनको भनाइ छ।

आगलागीबाट ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ।