क्यानले मंगलबार विज्ञप्ति जारी गर्दै टी-२० लिगका क्रममा म्याच फिक्सिङ भइरहेको जानकारी भए उजुरी दिन आग्रह गरेको छ।
काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले त्रिविस्थित मैदानमा जारी नेपाल टी-२० लिगमा म्याच/स्पोट फिक्सिङको जानकारी भए उजुरी दिन आग्रह गरेको छ। क्यानले बुधबार विज्ञप्ति जारी गर्दै नेपाल टी-२० लिगमा म्याच/स्पोट फिक्सिङ भइरहेको जानकारी भए प्रमाणसहित उजुरी दिन आग्रह गरेको हो।
"पौष ९ गते देखि काठमाडौँमा सञ्चालन भइरहेको नेपाल टी-२० क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ, स्पोट फिक्सिङ भएको भन्ने सम्बन्धमा फैलाइएको अनेक भ्रामक तथा मिथ्या सूचनाका विषयमा नेपाल क्रिकेट संघको गम्भीर ध्यानाकर्षण भएको छ। यस प्रकारका म्याच फिक्सिङका बारेमा जानकारी भएमा प्रमाणसहित संघको केन्द्रीय कार्यालय वा हाल चलिरहेको लिगको एन्टी करप्सन युनिटमा उजुरी बुझाउन यस संघ विनम्र अनुरोध गर्दछ", विज्ञप्तिमा भनिएको छ।
स्पट फिक्सिङ भएको भन्दै कमेन्टेटर सचिन तिमिल्सिनाले मंगलबार आफू लिगबाट अलग भएको जानकारी दिएका थिए। उनले विराटनगर सुपर किंग्सका खेलाडीले स्पट फिक्सिङ गरेको दाबी गरेका थिए।
त्यसपछि काठमाडौँ नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले पनि आफ्नो टोलीका एक खेलाडीलाई फिक्सिङका लागि प्रस्ताव आएको बताएका थिए। तर, क्यानले बुधबार निकालेको विज्ञप्तिमा प्रतियोगितामा म्याच फिक्सिङ/ स्पट फिक्सिङ भएको भन्ने खबरलाई ‘मिथ्या सूचना र भ्रामक’ भएको जिकिर गरेको छ।
क्यानले फिक्सिङसहित खेलमा हुनसक्ने अन्य क्रियाकलापको निगरानीका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) प्रतिनिधिको रूपमा वीर सिंहलाई एन्टी करप्सन युनिटको प्रमुख बनाएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
