सिंहदरबार प्रवेशको पास पाइने झ्यालहरू तोडफोड गरिएका छन्। त्यहाँबाट माइतीघर मण्डलतिर थोरै अगाडि कर्मचारी संगठनका कार्यालय, शहरी विकास तथा भवन निर्माण विभागलगायत कार्यालय जलाइएको छ।
काठमाडौँ– देशको राजनीतिक र प्रशासनिक केन्द्र सिंहदरबारमा आज सन्नाटा छाएको छ। आकाशमा फाट्फुट काग उडिरहेका छन्। निभ्न नसकेको आगोले पुत्ताएको धुवाँ वायुमण्डलमा फैलिँदै रूखका पातमा पोतिएको छ। कर्फ्युका बीच अत्यावश्यक सवारी साधन चलेका छन्, सेनालाई हेर्दै पैदलयात्री बाटो छलिरहेका छन्।

सिंहदरबार वरिपरि एक चक्कर लगाउँदा विभिन्न सरकारी कार्यालयहरू जलेका देखिए। ढुंगा प्रहार भएर सिसा फुटेका, प्रांगणमा रहेका सवारी साधन तथा अन्य भौतिक संरचना जलेर नष्ट भएका देखिए।

जिल्ला प्रशासन कार्यालय हुँदै अगाडि काठमाडौँ जिल्ला अदालत, त्यहाँबाट अलि अगाडि बढ्दा नागरिक उड्ययन प्राधिकरणको कार्यालय, सडक विभाग सबै जलेका छन्। सडक विभाग हुँदै भित्र गएर सिंहदरबारको मूल गेटमा पनि आन्दोलनकारीले आगो बालेका थिए।




सिंहदरबार प्रवेशको पास पाइने झ्यालहरू तोडफोड गरिएका छन्। त्यहाँबाट माइतीघर मण्डलतिर थोरै अगाडि कर्मचारी संगठनका कार्यालय, शहरी विकास तथा भवन निर्माण विभागलगायत कार्यालय जलाइएको छ। त्यहाँका सवारी साधन पनि सबै आगोको लपेटामा परेका छन्।





माइतीघर मण्डलनजिकै रहेको विशेष/सरकारी वकिल कार्यालयमा तोडफोड र आगजनी गरेर सबै कागजात सडकमा फिजारिएका छन्। अलि छेउमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र त्यसको पारिपट्टी सर्वोच्च अदालतको अवस्था हेर्दा आँखै रसाउँछ।





धन्न पुरातत्व विभाग जोगिएछ। अलि अगाडि नेपाल बार एसोसियसन, महान्यायाधिवक्ताको कार्यालयमा पनि क्षति पुगेको छ। सिंहदरबारको मूल गेटअगाडि र थोरै पारिपट्टी रहेको ट्राफिक कार्यालय भवन जलेर नष्ट भएको छ।




पुतलीसडक चोकबाट सिंहदरबारको पर्खाल छेउछेउ लाग्दै अगाडि बढ्दा भित्र महालेखापरीक्षक, उपत्यका विकास प्राधिकरणलगायत भवन भने सुरक्षित देखिन्छन्।

बुधबार बिहान ११ बजेतिर सिंहदरबारको पर्खाल परिक्रमा गरिरहँदा सेनाले सर्वसाधारण/पत्रकार कसैलाई पनि सिंहदरबारभित्र पस्न भने दिएको थिएन। अहिले पनि दिएको छैन। त्यहाँ खटिएका एक नेपाली सेनालाई सोध्दा भन्दै थिए, “भित्र पाँच/छ मन्त्रालय मात्र जोगिएका छन् रे।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
