प्रधानमन्त्री नियुक्त भएसँगै राजनीतिक भेटघाट, निर्देशन तथा अवलोकन-निरीक्षणलाई प्राथमिकता दिएका दाहालले बुधबार आफ्नै कार्यालयको अवलोकन गरेका छन्।
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार सिंहदरबारस्थित आफ्नै कार्यालयको अवलोकन गरेका छन्।
अवलोकनका क्रममा प्रधानमन्त्रीले आफ्नै कार्यलयमा रहेको एक्सन रुम, स्टुडियो, भवनको पाँचौ तलामा निर्माण हुँदै गरेको हल, मन्त्रालयका अन्य कार्यकक्ष समेत चहारे।

प्रधानमन्त्री नियुक्त भएसँगै दाहाल विभिन्न निर्देशन र राजनीतिक भेटघाटलाई प्राथमिकता दिइरहेका छन्। बुधबार पनि दाहालले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग सिंहदरबारमै भेट गरेका थिए। भेटघाटपछि उनी आफ्नै कार्यालय भवन र परिसरको अवलोकनमा निस्किएका हुन्।
अवलोकनका क्रममा मुख्यसचिव शंकरदास बैरागी तथा प्रधानमन्त्री दाहालको सचिवालयका सदस्य पनि सँगै थिए।

सो क्रममा मुख्यसचिव बैरागीले प्रधानमन्त्रीलाई सिंहदरबारमा निर्माणाधीन संसद् भवन, जीर्ण अवस्थामा रहेको पुरानो संसद भवन, मन्त्रालयका अन्य निर्माणाधीन संरचना तथा भावी परिकल्पना गरिएका संरचनाका बारे जानकारी दिएका थिए।



Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
