आजको मौसम : तराईमा हुस्सु, प्रदेश १ मा हिमपातको सम्भावना

पहाडी भागमा आंशिक बदली  रही तराईका धेरै ठाउँमा बाक्लो हुस्सु लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। 

जसको प्रभावले पहाडी भागमा आंशिक बदली  रही तराईका धेरै ठाउँमा बाक्लो हुस्सु लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो प्रदेश १ को पहाडी भागमा आंशिक बदली  रहनेछ। 

प्रदेश १ को हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैगरी राती प्रदेश १ को पहाडी भागमा आंशिक बदली तथा  बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ।

हिमपात र तराईको बाक्लो हुस्सुका कारण जनजीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन  महाशाखाले अनुरोध गरेको छ।