तराईका धेरै क्षेत्र हुस्सु र कुहिरोले ढाकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ– तराईमा शीतलहर हटेको छैन। तराईका धेरै क्षेत्र हुस्सु र कुहिरोले ढाकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
एक हप्तादेखि परेको शीतलहर अझै एक दुई दिन रहने महाशाखाको भनाइ छ। शीतलहरका कारण तराई क्षेत्रको जनजीवन प्रभावित भएको छ। बिहान शीत झर्ने, दिनभर आकाश डम्म हुने भएकाले अत्यावश्यक कामबाहेक मानिसको हिँडडुल घटेको बारा सिमराका रामकृष्ण यादवले बताए।
तराईका केही जिल्लामा बढी चिसो हुने भएकाले विद्यालयमा बिदासमेत दिइएको छ। हुस्सु र कुहिरो लागिरहेकोले सडक तथा हवाई यातायातमा समस्या हुनसक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन अपिलसमेत गरेको छ। आइतबार देशका पहाडी भूभागमा पनि आंशिक बदली हुने पूर्वानुमान छ।
प्रदेश १, कर्णाली र सुदूरपश्चिमका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
