पाकिस्तानले २०२२–२३ सिजनमा घरेलु मैदानमा ८ टेस्ट श्रृङ्खला खेलेको थियो। तीमध्ये एउटा पनि जित्न सकेन।
काठमाडौँ– पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले अपेक्षा गरेभन्दा खराब नतिजा निस्किएपछि घरेलु मैदानमा आयोजना भएको टेस्ट श्रृङ्खलालालाई लिएर निराशा व्यक्त गरेका छन्।
पाकिस्तानले २०२२–२३ सिजनमा घरेलु मैदानमा ८ टेस्ट श्रृङ्खला खेलेको थियो। ती टेस्ट श्रृङ्खलामध्ये एउटा पनि जित्न सकेन। तर, शुक्रबार न्युजिल्यान्डसँगको दुई टेस्टको श्रृङ्खला ०–० को बराबरीमा सक्किएको थियो।
“टेस्ट श्रृङ्खला अपेक्षाअनुरूप हुन सकेको छैन। यो कुनै बहाना होइन, चोटका कारण टोलीको संरचनामा समस्या थियो”, बाबर भन्छन्, “पिचलाई दोष दिन सकिँदैन। हामीले चाहेको पिच पायौँ। तर खेल जित्न सकेनौँ।” गत महिना इग्ल्यान्डसँगको टेस्ट श्रृङ्खला ३–० ले गुमाएपछि पाकिस्तानले न्युजिल्यान्डविरुद्धको दुवै टेस्ट जितेर खराब लय सुधार गर्ने अपेक्षा राखेको थियो।
न्युजिल्यान्डसँग दुवै पटक टेस्ट श्रृङ्खला बराबरी भएपछि पाकिस्तानी टोली थप उत्साहित देखिन्थ्यो। पहिलो टेस्टमा खराब लाइटले गर्दा खेल सकिने बेला न्युजिल्यान्डसँग ९ विकेट बाँकी थियो र अन्त्यमा उसलाई ७७ रन मात्र आवश्यक थियो। शुक्रबार न्युजिल्यान्डलाई मात्र एक विकेट चाहिएको थियो। ८७औँ ओभरमा सर्फराज अहमद लेग साइडमा क्याच आउट भए। त्यसपछि ११ नम्बरमा रहेका अबरार अहमद र नसिम शाहले २१ बलको सामना गर्दै टेस्ट श्रृङ्खला बराबरीमा सकाए।
“चारैतिर फिल्डरहरूले घेरिएको हुँदा नयाँ बलको सामना गर्न धेरै गाह्रो हुन्छ। सैफी (सर्फराज)ले हामीलाई प्रतिकूलताबाट जोगाए। उनी र साउद शकीलबीचको साझेदारीले हामीलाई खेलमा पूनगरागमन गरायो। चार वर्षपछि टेस्ट क्रिकेटमा फर्किएका उनले उत्कृष्ट पुनरागमन गरे”, बाबरले भने। अन्तिम इनिङ्सको शुरूमा खेल सन्तुलित देखिएको थियो। छैटौँ विकेटका लागि सर्फराज र शकीलबीच ९९ रनको साझेदारी भयो। लगभग दुई घण्टाको खेलमा पाकिस्तानलाई १४० रन आवश्यक थियो।
“टी ब्रेकपछि जिततर्फ जान चाहन्थ्यौँ। आवश्यक रन रेट ४.५ को वरिपरि थियो र हामीले केही जोखिम लिनुपरेको थियो। यदि हामीले त्यस अवस्थामा विकेट गुमाएको भए नतिजा अर्को हुन्थ्यो”, बाबरले भने। सर्फराजले १७६ बलमा ९ चौका र १ छक्कासहित शतक बनाए। आघा सलमानले पनि उनीसँग राम्रो स्ट्राइक रेटमा ब्याटिङ गर्दै ४० बलमा ४ चौकासहित ३० रन बनाए।
उक्त समय न्युजिल्यान्डको फिल्डिङ अलिक कमजोर देखियो। यस्तो अवस्थामा म्याट हेनरीले सलमानलाई रिभर्स स्विङमा बोल्ड गर्दै न्युजिल्यान्डलाई खेलमा फर्काए। तर, पाकिस्तानलाई अन्तिम विकेट बचाउन कडा मेहनत गर्नुपरेको थियो।
बाबरले यो सिजन आफ्नो टोलीमा फिटनेसको नकारात्मक प्रभावप्रति निराशा व्यक्त गर्दै भने, “हामीले हाम्रा गल्तीबाट सिकिरहेका छौँ। हाम्रो टेस्ट टोली बनाउन समय लाग्छ। केही खेलाडीको चोटले हाम्रो सन्तुलन र फर्ममा असर गरेको छ। सक्दो प्रयास गरेका छौँ। तर पर्याप्त भएन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
