विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको काठमाडौँ १२.४ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनमा समेटियो।
काठमाडौँ– रोहितकुमार पौडेलको अर्धशतक प्रेरित विराटनगर सुपर किङ्स नेपाल टी-२० लिगको दोस्रो क्वालिफायरमा पुगेको छ। सोमबार सम्पन्न खेलमा काठमाडौँ नाइट्सलाई ९९ रनले पराजित गर्दै विराटनगर फाइनलनजिक पुगेको हो।
अब विराटनगरले फाइनल प्रवेशका लागि जनकपुर रोयल्ससँग खेल्ने छ। विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याएको काठमाडौँ १२.४ ओभरमा सबै विकेट गुमाउँदै ८३ रनमा समेटियो।
काठमाडौँका तल्लो क्रमका ब्याटर अभिनास बोहोराले सर्वाधिक १६ रन बनाए। अविजित रहेका उनले ४ बलमा १ चौका र २ छक्का प्रहार गरे। कप्तान ज्ञानेन्द्र मल्लले १२ बलमा १ चौका र १ छक्कासहित १५ रन बनाए। ओपनर लोकेश बमले १३ र कमलसिंह ऐरीले १० रन बनाए।
विराटनगरका सूर्य तामाङले सर्वाधिक ४ विकेट लिए। उनले २ ४ ओभर बलिङ गर्दै १४ रन खर्चिए। केओन जोसेफ र शाहब आलमले २/२ विकेट लिए। हुसेन टलटको नाममा १ विकेट रह्यो।
त्यसअघि टीयु क्रिकेट मैदानमा पहिला ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो। विराटनगरका कप्तान रोहितकुमार पौडेलले ६१ रन बनाए।
विवेक यादवले १८ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४६ रन बनाए। हुसेन टलटले ३८ र राज नाननले २३ रन बनाए।काठमाडौँका कमलसिंह ऐरी र अनिल खरेलले २/२ विकेट लिए। अभिनास बोहरा र गौतम केसीको नाममा १/१ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
