तराईमा बिहानैदेखि बाक्लो हुस्सु, उच्च पहाडमा हिमपातको सम्भावना

दिउँसो उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– पश्चिमी न्यूनचापीय प्रणालीको  प्रभावका कारण सुदूरपश्चिम कर्णाली र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहेको छ।

तराईका केही भागमा भने हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली हुने छ। बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। 

यसैगरी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हिमपातको सम्भावना छ। हिमपात र हुस्सुका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।