लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किङ्सलाई २५ रनले पराजित गर्दै पहिलो संस्करणको नेपाल टी-२० लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
काठमाडौँ– पहिलो संस्करणको नेपाल टी-२० लिग क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ।
बुधबार भएको फाइनल खेलमा विराटनगर सुपर किङ्सलाई २५ रनले पराजित गर्दै लुम्बिनीले उपाधि जितेको हो। लुम्बिनीले दिएको १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०९ रन मात्रै बनाउन सक्यो।
विराटनगरका ओपनर अर्जुन साउदले सर्वाधिक ३४ रन बनाए। उनले ४० बलमा १ चौका र २ छक्का प्रहार गरे। पृथु बास्कोटाले २९ बलमा २ चौका र १ छक्कासहित ३१ रन बनाउँदा अन्य खेलाडीले सम्झनायक खेल प्रदर्शन गर्न सकेनन्।
लुम्बिनीका हरमित सिंह र सागर ढकालले २/२ विकेट लिए। बिपुल शर्मा र किशोर महतोको नाममा १/ १ विकेट रह्यो।
त्यसअघि कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा पहिला ब्याटिङ थालेको लुम्बिनीले १९.२ ओभरमा सबै विकेट गुमाएर १३३ रन बनाएको थियो। लुम्बिनीका लाहिरू मिलान्थाले सर्वाधिक ४१ रन बनाए। उनले २८ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।
ओपनर हरमित सिंहले १८ बलमा ३ चौका र २ छक्कासहित ३० रन बनाए। कप्तान दीपेन्द्रसिंह ऐरीले २० र इशान पाण्डेले १८ रन बनाए।
विराटनगरका नन्दन यादव र राज नाननले २/ २ विकेट लिए। हुसेन टलट, किओन जोसेफ, सूर्य तामाङ र रोहित पौडेलको नाममा १/१ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
