सूर्यकुमारले आफ्नो टी-२० आई फर्मलाई अहिल्यकै लयमा राखे उनी एकदिवसीयमा पनि भारतको म्याचविनर बन्न सक्ने गम्भीर बताउँछन्।
काठमाडौँ– टी–२० आई क्रिकेटमा सूर्यकुमार यादवको सनसनीपूर्ण प्रदर्शनले प्रश्न उब्जाएको छ– के उनले अन्य फर्म्याटमा पनि यस्तै सफलता हासिल गर्न सक्छन्?
राजकोटमा श्रीलंकाविरुद्धको तेस्रो टी-२० आईमा शतक पूरा गरेपछि भारतीय पूर्वकप्तान गौतम गम्भीरले ट्विट गर्दै सूर्यकुमारलाई टेस्ट क्रिकेटमा परीक्षण गर्नुपर्ने बताएका छन्। टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र टी-२० आई फरक ढाँचाका क्रिकेट हुन्।
टी-२० आई क्रिकेटमा गरेको प्रदर्शनको आधारमा सूर्यकुमारले एकदिवसीयमा आफूले मौका पाउने आशा गरेका छन्। तर, आसन्न एकदिवसीय विश्वकपका लागि भारतसँग मिडल अर्डरमा धेरै खेलाडीले दाबेदारी प्रस्तुत गरेका छन्। विगत दुई वर्षमा नम्बर ४ र ६ को बीचमा कम्तिमा पाँच इनिङ्स खेलेका प्राय: सबै खेलाडीले राम्रो प्रदर्शन गरेका छन्। ती सबै खेलाडीको तुलनामा सूर्यकुमारको रेकर्ड त्यति उत्साहजनक छैन।
एकदिवसीय क्रिकेटमा सूर्यकुमारको डेब्यू शानदार रहेको थियो। शुरूआती आठ इनिङ्समा उनको औसत ५३.४० र १०३.०८ को स्ट्राइक रेट थियो। तर, अर्को आठ इनिङ्समा उनी चारपटक १० भन्दा कम र दुईपटक २० भन्दा कम रनमा आउट भए।
सूर्यकुमार र श्रेयस अय्यरले एकदिवसीय खेलमा लय समात्न सकेका छैनन्। यता, ऋषभ पन्त, केएल राहुल र सञ्जु सैमसनले विकेटकिपरको रूपमा दाबेदारी प्रस्तुत गरेका छन्। यदि सूर्यकुमारले आफ्नो टी-२० आई फर्मलाई अहिल्यकै लयमा राखे उनी एकदिवसीयमा पनि भारतको म्याचविनर बन्न सक्ने गम्भीर बताउँछन्।
सूर्यकुमारको लिस्ट 'ए' करिअरको रेकर्ड पनि त्यति राम्रो छैन। उनले १०४.१९ को स्ट्राइक रेट र ३६.५८ को औसतमा २ हजार ८५४ रन बनाएका छन्। तर, पछिल्लो चार वर्षमा उनले ४५.७५ को औसत र १२२ को स्ट्राइक रेटमा ब्याटिङ गर्दै १ हजार ६४७ रन बनाएका छन्।
यी सबै हुँदाहुँदै पनि एकदिवसीय विश्वकप आउन ९ महिना मात्रै बाँकी छ। र, भारतीय टोलीलाई नयाँ खेलाडीको परीक्षण गर्न थोरै समय मात्रै मिल्ने छ। यद्यपि, भारतले सूर्यकुमारलाई कम्तिमा ६ वटा लगातार खेल खेल्ने अवसर दिन सक्छ (श्रीलंका र न्युजिल्यान्डविरुद्ध तीन/तीन खेल)। उनी मैदान उत्रिए राहुल या श्रेयस टोली बाहिर रहने छन्। तर, भारतीय कप्तान रोहित शर्माले भने फरक धारणा राखेका छन्।
श्रीलंकाविरुद्धको पहिलो एकदिवसीय खेलअघि रोहितले भने, "एकदिवसीय ढाँचामा सबैले दबाबमा ब्याटिङ गरेर रन बनाएका छन्। तर, विभिन्न ढाँचाहरूबीच तुलना गर्न थाल्यौँ भने समस्या उत्पन्न हुन्छ। हामीले टोली बनाउँदा एकदिवसीय ढाँचामा कुन खेलाडीले कुन अवस्थामा राम्रो गरे भनेर ध्यानमा राख्नुपर्छ।"
रोहितले थप, "म खेलाडीको फर्म बुझ्छु। फर्म महत्त्वपूर्ण छ, तर ढाँचा पनि महत्त्वपूर्ण छ। ५० ओभरको ढाँचा अलि लामो र टी-२० ढाँचाभन्दा फरक छ। एकदिवसीयमा राम्रो प्रदर्शन गरेका खेलाडीले यसपटक पनि टोलीमा मौका पाउनेछन्।"
यस्तो अवस्थामा सूर्यकुमारले टोलीलाई एकदिवसीय लागि तयार छु भनेर प्रमाणित गर्नुपर्ने हुन्छ। उनले एकदिवसीयमा पनि त्यही मानसिकताका साथ ब्याटिङ गर्न सक्छन् कि सक्दैनन् त्यो भन्ने हेर्न बाँकी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
