साझा प्रकाशनले पुस १७ गतेदेखि साझा प्रकाशनको केन्द्रीय कार्यालय पुल्चोक र देशभरका साझा बिक्री कक्षहरूमा बृहत पुस्तक प्रदर्शनी गरिरहेको छ।
काठमाडौँ- साझा प्रकाशनले गत पुस १७ गतेदेखि गरेको बृहत पुस्तक प्रदर्शनीबाट १६ लाख ३४ हजार रुपैयाँभन्दा बढी आम्दानी गरेको छ।
साझा प्रकाशनले पुस १७ गतेदेखि साझा प्रकाशनको केन्द्रीय कार्यालय पुल्चोक र देशभरका साझा बिक्री कक्षहरूमा बृहत पुस्तक प्रदर्शनी गरिरहेको छ।
साझा प्रकाशनका सूचना अधिकारी भेषराज घिमिरेले प्रदर्शनीबाट २७ गते (हिजो) सम्ममा १६ लाख ३४ हजार ५८० रुपैयाँ आम्दानी गरेको जानकारी दिए। हालसम्म प्रदर्शनीमा करिब १ हजार जनाभन्दा बढीले अवलोकन गरेको उनले बताए।

उनले प्रदर्शनीबाट मुख्य गरी इतिहासका पुस्तकहरू धेरै बिक्री भइरहेको पनि बताए। उनले भने, “अहिले इतिहासका पुस्तकहरू धेरै गइराखेका छन्। हामीले पहिले इतिहासका पुस्तकहरू छापेर थन्क्याउनुपर्ने अवस्था थियो। बिक्री हुँदैनथे तर अहिले इतिहासका पुस्तक मान्छेले खोजेर, रोजेर लिएर गइराख्नुभएको छ।”
प्रदर्शनीमा आफ्नो रुचिअनुसारका पुस्तकहरू खोज्दै दैनिकहरूमा मानिसहरू आइरहेका उनको भनाई छ। पुस्तक प्रदर्शनीमा पुस्तक लिन पुगेकी पूर्णिमा गिरी आफूले हाल पुराना लेखकहरूको पुस्तक पढिरहेको र सोहीअनुरूपका पुस्तकहरू लिनका लागि प्रदर्शनीमा आएको बताए।
उनले डिजिटल प्रविधिका कारण युवा पुस्तामा पठन संस्कृति कम हुँदै गएको सुनिए पनि भित्री मनदेखि नै पढ्नुपर्छ भन्ने भावना बोकेकाहरूले पुस्तक पढ्ने गरेको धारणा राखे। उनले भने, “म पढ्नुपर्दछ भन्ने विचार राख्दछु। त्यसैले किताबहरू लिन आउँछु। पुरानो लेखकहरूको किताब पढिरहेको छु। उहाँहरूको किताबलाई प्राथमिकतामा राख्छु। जो मानिसहरूलाई भित्र मनदेखि पढ्नुपर्छ भन्ने लाग्छ उनीहरूले पढ्न छोडेको छैन। त्यो संख्या थोरै होला तर पनि पढ्नेहरूले पढिरहेकै छन्।”

त्यस्तै पुस्तक प्रदर्शनीमा पुस्तक खरिदका लागि पुगेका सीताराम बडालले आफू प्रदर्शनीमा उपलब्ध भएका किताबहरूको आधारमा खरिद गर्ने पुस्तक छनौट गर्ने बताए। आफ्नो ज्ञानको क्षमता बढाउनका लागि पाठ्यक्रमभन्दा बाहिरका पुस्तकहरू पनि पढ्नुपर्नेमा उनको जोड थियो। उनले भने, “अहिलेको पुस्ता हरेक कुरामा तत्काल रिजल्ट खोज्ने भएकाले आफ्नो पाठ्यक्रम बाहिरका किताब उहाँहरूले पढ्न रुचाउनुहुन्न। जति अध्ययन गर्छौं त्यति हाम्रो ज्ञानको क्षमता बढ्ने हो। हामीले हाम्रो देशको कला, संस्कृति, साहित्य, इतिहास, सबै जातजातिको बारेमा ज्ञान लिनुपर्छ।”
उनले देशको कला, संस्कृति, साहित्य र इतिहासको बारेमा ज्ञान लिनु आवश्यक रहेको बताए।
साझा प्रकाशनले गरेको पुस्तक प्रदर्शनी केन्द्रीय कार्यालय पुल्चोक र प्रदर्शनीमार्गसँगै धरान, बिर्तामोड, विराटनगर, जनकपुर, राजविराज, त्रिशूली, भरतपुर, पोखरा, बुटवल, दाङ र धनगढीका साझा प्रकाशनका बिक्री कक्षहरूमा पनि चलिरहेको छ। पुस्तक प्रदर्शनी पुस ३० गतेसम्म चल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
