प्रहरीका अनुसार आगलागीबाट एउटा घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। अन्य चार घरमा आंशिक क्षति भएको छ।
काठमाडौँ– धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिँधुवा बजारमा भीषण आगलागी हुँदा पाँचवटा घरमा क्षति पुगेको छ। बेलुका ७ बजे लागेको आगोबाट सिँधुवा बजारको काउली चौक नजिकको एउटा घर जलेर पूर्ण रूपमा नष्ट भएको छ भने चारवटा घरमा आंशिक क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालय धनुकटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले आगो नियन्त्रणमा आएको बताए। उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा दुई घण्टापछि आगो नियन्त्रणमा आएको छ। आगलागीको कारण खुलिसकेको छैन।
"आगो नियन्त्रणमा आएको छ। आगलागीबाट पाँचवटा घरमा क्षति पुगेको छ। एउटा पूर्णरूपमा जलेर नष्ट भएको छ। चार वटामा क्षति पुगेको छ", उनले भने। क्षतिको विवरण आइनसकेको उनको भनाइ छ।
आयो नियन्त्रणमा लिन छिमेकी जिल्ला तेह्रथुमको लालिगुराँस नगरपालिका बसन्तपुर बजारबाट आएको दमकल र छथर जोरपाटी गाउँपालिकाको जेसिभी डोजरको सहयोग लिइएको थियो। त्यस्तै, तेह्रथुमको म्याङलुङ र धनकुटा नगरपालिकाबाट दमकल र पानीका ट्याङकरहरूको पनि सहयोग लिइएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
