कमेडीयन अपूर्व क्षतिजलाई धरौटीमा रिहा गर्न आदेश

नेवा संस्कृतिको मजाक उडाएको अभियोगमा पक्राउ परेका कमेडीयन २.५ लाख धरौटीमा रिहा भएका छन्। उनलाई काठमाडौँ जिल्ला अदालतले रिहा गर्न आदेश दिएको हो।

काठमाडौँ-  जिल्ला अदालत काठमाडौँले नेवा संस्कृतिको मजाक उडाएको अभियोगमा पक्राउ परेका कमेडीयन अपूर्व क्षितिज सिंहलाई धरौटीमा छाड्न आदेश दिएको छ। 

बिहीबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले थुनछेक बहसपछि उनलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जनाएको छ। 

युट्युबमा स्ट्याण्ड अप कमेडी शो ‘कमेडी सर्कल’मा नेवास् समुदायलाई होच्याउने गरी विषयवस्तु प्रसारण गरेको भन्दै उजुरी परेपछि उनी पक्राउ परेका थिए।

उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सार्वजनिक शान्तिविरुद्धको कसूर, जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी र सामाजिक रीतिस्थितिमा खललसम्बन्धी कसूरमा अभियोगपत्र दायर गरेको थियो ।

यसअघि पनि अपूर्व १२ दिन थुनिएका थिए। थुनामा रहँदा विरामी परेपछि प्रशासनले उनलाई तारिखमा छाडे पनि पुनः पक्राउ गरी कानूनी प्रक्रिया अघि बढाएको थियो।