मौसम खराबीले भिजिविलिटी कम हुँदा आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।
काठमाडौँ- प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक देशभरका अधिकांश विमानस्थलको उडान प्रभावित भएको छ।
मौसम खराबीले भिजिविलिटी कम हुँदा आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।
विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले काठमाडौँ बाहिरका सबैजसो विमानस्थलको उडान प्रभावित भएको बताए। उनले भने, “काठमाडौँ विमानस्थल खुला छ, अहिलेसम्म बाहिरका विमानस्थल लगभग सबै बन्द छन्।”
देशको तराइका भू–भागमा हुस्सु/कुहिरो लागेकाले भिजिविलिटी कम हुँदा हवाई उडान प्रभावित भएको हो। महाप्रबन्धक ठाकुरका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि मौसम खराबीका कारण अहिलेसम्म उडान हुन सकेको छैन।
दुर्घटनाको शोकमा यती एयरलाइन्सले आज देशभरको सबै उडान स्थगित गरेको छ। पोखरा गन्तव्यमा विभिन्न एयरलाइन्सको उडान तालिका छ।
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ। तराईका भूभागमा हुस्सु/कुहिरो लागेको छ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान भर्दै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
