सुदूरपश्चिम प्रदेशको सभामुखमा नेकपा माओवादी केन्द्रका भीमबहादुर भण्डारी सभामुखमा निर्वाचित भएका छन्।
काठमाडौँ– सुदूरपश्चिम प्रदेशको सभामुखमा सत्तारूढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका भीमबहादुर भण्डारी सभामुखमा निर्वाचित भएका छन्। तेस्रोपटक भएको मतदानबाट भण्डारी सभामुखमा निर्वाचित भएका हुन्।
बझाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित भण्डारीले २९ मत प्राप्त गरेका छन्। ५३ प्रदेशसभा सदस्य रहेकोमा मंगलबार भएको मतदानमा ५२ मत खसेको थियो। उनको विपक्षमा २३ मत खसेको थियो। नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा सभामुख चयन हुन सकेको थिएन।
सोमबार प्रतिनिधिसभा सदस्य एवं नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम गएर आफ्ना सांसदलाई सभामुखको निर्वाचनमा सहभागी भएर सत्ता गठबन्धनका पक्षमा मतदान गर्न निर्देशन दिएकी थिइन्। त्यसपछि मंगलबार भएको मतदानमा नागरिक उन्मुक्ति पार्टी सहभागी भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
