शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा एपीएफलाई ८ विकेटले हराउँदै प्रदेश १ फाइनलमा पुगेको हो।
काठमाडौँ- विभागीय टोली एपीएफलाई पराजित गर्दै प्रदेश नम्बर १ प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।
शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा एपीएफलाई ८ विकेटले हराउँदै प्रदेश १ फाइनलमा पुगेको हो।
एपीएफले दिएको ४६ रनको लक्ष्य प्रदेश १ ले ९ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो। प्रदेश १ की कप्तान रूविना क्षेत्रीले अविजित रहँदै २० रन बनाइन्। काजल श्रेष्ठ र अप्सरा बेगमले ९/९ रन जोडिन्।
एपीएफकी नेरी थापाले १ विकेट लिइन्। त्यसअघि जनता क्रिकेट पार्क इटहरीमा पहिला ब्याटिङ थालेको एपीएफले १३.४ ओभरमा सबै विकेट गुमाउँदै ४५ रन बनाएको थियो।
एपीएफकी कप्तान सीता रानामगरले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
प्रदेश १ की संगीता राई र अलिशा खडियाले ३/३ विकेट लिइन्। सबनम राईको नाममा १ विकेट रह्यो।
प्रदेश १ ले अब शनिबार हुने फाइनलमा सुदूरपश्चिमको सामना गर्नेछ। सुदूरपश्चिमले पहिलो सेमिफाइनल खेलमा मधेशलाई पराजित गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
